मिनि ट्रकमा आगजनी
डोटी ३० बैशाख । स्थानिय तहको भोली हुन थालेको निर्वाचनलाई प्रभावित पार्ने गरि नेपालका बिभिन्न स्थानमा बम भेटिएका छन् भने कतिपय स्थानमा बिस्फोट समेत गराएका छन् । यस्तै नेत्र विक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताहरुले शनिबार बिहानै डोटीको शिखर नगरपालिका ८, गोल्मागाडमा मिनि ट्रकमा आगजनी गरेका छन् ।
नेपालगंजबाट अछामको साफेबगर समान लिएर जाँदै गरेको भे १ ख ११५१ नम्बरको मिनि ट्रकमा विप्लवका कार्यकर्ताहरुले आगजनी गरेका हुन । आगजनीबाट ट्रक पुर्णरुपमा नष्ट भएको तिलताली प्रहरी चौकीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
