भक्तपुरमा मतदाता कसरी मतदान गर्ने भन्नेमा अन्यौलमा

भक्तपुर न्यूज

२९ वैशाख २०७४ ११:०७

भक्तपुरमा मतदाता कसरी मतदान गर्ने भन्नेमा अन्यौलमा

भक्तपुर, । स्थानिय तहको निर्वाचनको दुई दिन अघि सम्म पनि भक्तपुरका मतदाताहरु कसरी मतदान गर्ने भन्ने बिषयमा अन्यौल रहेका छन् । निर्वाचन आयोगले देशैभर मतदाता शिक्षा कार्यक्रम एक महिना अघिदेखि लागू गरेता पनि भक्तपुरमा भने अधिकांश मतदाताहरु मतपत्रमा कसरी मतदान गर्ने भन्ने अन्यौल रहेको बताउँछन् ।
मतदाताहरु भन्छन्, बिगतमा मत राखेता पनि यो पटक मतपत्र ठूलो र आफ्नो मन परेको उम्मेदवार खोज्न असजिलोका साथै मत कसरी राख्ने बिषयमा जानकारी नहुँदा आफ्नो मत बदर होला कि भन्ने त्रासमा रहेका छन् ।
मतदाताहरु भन्छन्, मत कसरी खसाल्ने हो त्यसबारे आफूहरु हालसम्म अनविज्ञ रहेको र चुनावका दिन मतदान गर्न जाँदा आफूहरुलाई दलका उम्मेदवारहरुले सिकाउनेमा विश्वास रहेका बताउँछन् ।
ठूला पार्टीका उम्मेदवारहरुलाई मत दिन सहज भएता पनि साना दल र स्वतन्त्र उम्मेदवारहरुको मत चिन्ह खोज्न गाह्रो हुने तथा यो पटक मत हाल्दा समय बढी लाग्ने र मत पत्र पट्याउने क्रममा गल्तीका कारण समेत बढी मत पत्र बदर हुने मतदाताहरु बताउँछन् ।
मतदाताहरु मध्ये मतदानका समयमा सबैभन्दा बढी जेष्ठ नागरिक र अशिक्षित मतदाताहरुले यो पटक समय बढी लगाउनुका साथै मतपत्र समेत बदर हुने गरि मतदान गर्ने सम्भावना अधिक रहेको देखिन्छ ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राई भन्छन्, यो पटक बिगतको तुलनमा मत बढी बदर हुन्छ । उनी भन्छन्, बिगतका निर्वाचनमा भक्तपुरमा दुई प्रतिशत मत बदर भएता पनि यो पटक भने त्यो भन्दा बढी हुने निश्चित छ । उनी भन्छन्, भक्तपुरमा मतदाता शिक्षा अभियानले पूर्णता पाएको छ तर पनि बिगतको भन्दा अलि मत पत्र ठूलो भएका र मत चिन्हको पहिचानका साथै पट्याँउदा समस्या देखिने भएकाले बढी नै बदर हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *