आर्सनलको सम्भावना कायमै
एजेन्सी, २८ बैशाख । आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना कायम राखेको छ । प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा साउथह्याम्पटनलाई २–० ले हराउँदै आर्सनलले शीर्ष चारमा रहने सम्भावना कायम राखेको हो ।
अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन एलेक्स सान्चेज र ओलिभर जिरउडले गोल गरे ।
जितपछि पाँचौं स्थानका उक्लिएको आर्सनलको लिगका तीन खेल बाँकी हुँदा ६६ अंक भएको छ । आर्सनल चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा तीन अंकले पछि छ भने छैटौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा एक अंकले अघि छ । तीन खेल बाँकी हुँदा ४२ अंकसहित साउथह्याम्पटन १० औं स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४