बाँके प्रहरीले बिलौना, बैजापुर र फत्तेपुरमा चलायो कडा अप्रेशन

भक्तपुर न्यूज

२८ वैशाख २०७४ ६:२३

बाँके प्रहरीले बिलौना, बैजापुर र फत्तेपुरमा चलायो कडा अप्रेशन

बाँके २८ बैशाख । हुलाकी राजमार्गका ठेकेदार संग युवाहरुको समूहले चन्दा असूली गर्ने उद्देश्यले दबाव बनाएको र तोडफोड गरेको विषयमा बाँके प्रहरीले बुधवार मध्यराज सम्म विनौना, बैजापुर फत्तेपुर क्षेत्रमा अप्रेशन चलाएको छ ।

ठेकेदारबाट चन्दा असूल गर्ने हिसाबले केहि युवाहरुले डोजर लगायत सामाग्रीमा बुधवार साँझ तोडफोड गरेको बारे बाँके प्रहरीले ६ वटा मोटरसाइकल र एउटा गाडी सहितको ४० बढि प्रहरी टोली सो क्षेत्रमा खटाएको थियो । प्रहरी निरीक्षक विर बहादुर थापाको कमाण्डमा गएको टोलीले घर भित्र समेत खोज तलाश गरेको छ । राति १२ः२५ बजे फोन सम्पर्कमा बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले भने, ‘हाम्रो टोली फिल्डमा खटिएको छ र सबै गुण्डाहरुको पहिचान भइसकेको छ ।’

‘देशमा शान्ति ब्यवस्था कायम भइरहेको समयमा चन्दा असूली गर्दै हिंड्नेहरुको विषयमा सामान्य हुन सकिँदैन’, उनले भने, ‘सबै गुणहरुको पहिचान भइसकेकोले आत्म समर्पण गर्न सके राम्रो हुन्छ ।’ ‘आफै हाजिर हुन आएनन् भने हामी हर सम्भव बल प्रयोग गर्छौं’, उनले भने, ‘कोही पनि कानूनको दायरा भन्दा माथि हुन पाउँदैन ।’

अप्रेशनमा खटिएका प्रहरी निरीक्षक विर बहादुर थापाले कानून विपरीत काम गर्ने जो कोही भएपनि बच्न नसक्ने बताए । ‘विहान सम्म अधिकाँश अभियुक्ताहरु फन्दा भित्र हुनेछन्’, उनले भने, प्रहरीले बैजापुर देखि फत्तेपुर सम्मको क्षेत्रलाई सिल गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *