गठवन्धनले आन्दोलन घोषणा गर्ने

भक्तपुर न्यूज

२६ वैशाख २०७४ ९:१२

 गठवन्धनले आन्दोलन घोषणा गर्ने

काठमाडौं २६ बैशाख। पूर्वसहमति अनुसार संविधान संशोधन लगायतका मागहरु पुरा नभएको भन्दै संघीय गठबन्धनले आन्दोलन घोषणा गर्ने भएको छ । आन्दोलन घोषणा गर्नु पूर्व गठवन्धनका नेताहरु प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी एमालेलाई पनि बैठकमा बोलाएर संशोधनका लागि सरकारले पहल गरिरको बताए ।

उनले बैशाख १७ गते नै संशोधनको पक्षमा ४०१ सांसद पुगेपनि अन्तिममा राप्रपाका १० सांसद अनुपस्थित भएपछि पास हुन नसकेको सुनाए । संसदको बैठक जेठ ४ गते रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले संघीय गठवन्धनका नेताहरुलाई उक्त बैठकमा संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिए । र, बैठकमा उपस्थित एमाले नेताहरुले संशोधनमा आफूहरुको समर्थन नरहने प्रष्ट पारे । बैठकमा संघीय गठवन्धनका नेताहरुले भने आफूहरुसँग भएको समझदारी अनुसार काम नभएको भन्दै अब दबावमुलक आन्दोलन घोषणा हुने जानकारी गराए ।

राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले मिठो बोली धेरै सुनेको भन्दै अब परिणाम चाहिने बताए । रापजा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘मिठो बोली त नौ महिना सुन्यौं । तर, परिणाम आउनुपर्‍यो ।’ बालुवाटारमा बैठकमा सहमति नजुटेपछि आजै आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको राजपाका नेता राजकिशोर यादवले जानकारी दिए । यादवले भने प्रधानमन्त्री प्रचण्डले चुनावअघि नै संविधान संशोधन गर्छु भन्नुभएको थियो, स्थानीय तहको संख्या पनि बढाउँछु भन्नुभएको थियो, यो केही पनि पूरा नभएकाले हामी आन्दोलनमा जान बाध्य भएका हौं ।’

यता बालुवाटारमा आयोजित बैठकमा एमालेका तर्फबाट उपाध्यक्ष वामदेव गौतम र संसदयीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीसँग गुनासो गर्दै मधेसी मोर्चासँगको बैठकमा प्रमुख प्रतिपक्षी दललाई सहभागी नगराको बताए । नेम्वाङले आफूहरु पनि सहमतिको बाधक नभएको तर सरकारले मोर्चासँग एक्लै बैठक राखेर एमालेले मानेन भन्ने गरेको नेम्वाङले बैठकमा बताए । उपध्यक्ष बाामदेव गौतम भने बैठकमा खासै बोलेनन् । बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवाले सबै मिलेर संविधान संशोधन गर्न तयार रहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय