एनविआरद्वारा अग्नीपीडितलाई राहत सामग्री सहयोग

भक्तपुर न्यूज

२६ वैशाख २०७४ ७:२२

एनविआरद्वारा अग्नीपीडितलाई राहत सामग्री सहयोग

भक्तपुर, २६ बैशाख । भक्तपुर नगरपालिका वडा नं. ३ स्थित तेखापुखु टोलमा भएको आगलागीबाट भएका पीडित परिवारहरुका लागि Nepalese Brothers Room (NBR) द्वारा सहयोग बितरण गरिएको छ ।
गत २३ गते राती भएको आगलागीका कारण तेखापुखका इन्द्र शिल्पकार, कृष्णप्रसाद शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार र पुरुषोत्तम शिल्पकारको घर जलेर पूर्ण रुपमा क्षति भएको थियो । आगलागीबाट ५ घरका नौ परिवार र एक परिवार डेराबाल गरी जम्मा १० परिवार पीडित भएका थिए ।
अग्निग्रस्त क्षेत्रको बस्तु स्थिति तथा तत्काल आवश्यकता परिपूर्ति गर्न र सहज जीवन यापन गर्नको लागि १० घर परिवारलाई ओड्न तथा ओछ्याउन प्रयोग हुने सामाग्रीहरु (ब्लान्केट–१० थान, ड्स्ना–१० थान, तन्ना– १० थान, म्याट्रेस– १० थान) स्थानीयबासिहरु तथा विभिन्न संघसस्थाहरुको रोहवरमा सहयोग प्रदान गरिएको संस्थाका सदस्य साकार कस्पालले जानकारी बताए । सहयोगबाट १० घर परिवारको ४५ जना घर परिवार सदस्यहरू लाभान्वित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *