२८ देखि नयाँ मतदाता परिचयपत्र बाँड्ने
काठमाडौ, २५ बैशाख । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन हुने क्षेत्रमा बैशाख २८ गतेदेखि मतदाता परिचय पत्र बाँड्ने भएको छ।
बैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि चाहिने मतदाता परिचय पत्र २८, २९ र ३० गते बाँडिने निर्वाचन आयुक्त इला शर्माले जानकारी दिइन्। सम्बन्धित मतदान केन्द्रमा गएर मतदाता नामावलीमा नाम भएका मतदाताले मतदाता परिचय पत्र प्राप्त गर्न सक्ने उनले बताइन्।
निर्वाचन आयोगले यसपटक चारवटा विभिन्न सुरक्षा विशेषतासहितको मतदाता परिचय पत्र बनाएको छ। अहिले आयोग परिसरमै परिचय पत्र छपाइको काम पनि भइरहेको छ।
स्थानीय निर्वाचनमा भोट हाल्न मतदाता परिचय पत्र अनिवार्य चाहिन्छ र पुरानो मतदाता परिचय पत्र मान्य हुँदैन।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
