म्याक्रोन बने फ्रान्सका राष्ट्रपति
भक्तपुर, २५ बैशाख । युरोप समर्थक इमानुएल म्याक्रोन फ्रान्सको राष्ट्रपति बनेका छन् । ३९ वर्षीय युवा म्याक्रोनले यसअघि कुनै पनि निर्वाचित पद सम्हालेका छैनन् । उनले ६६।०६ प्रतिशत मत पाएका छन् । उनको प्रतिद्वन्द्वी दक्षिणपन्थी म्यारिन पेनलाई परानित गरे । पेनले ३३।९४ प्रतिशत मत पाएकी छन् । फ्रान्समा १९५८ पछि पहिलो पटक यस्तो भएको छ कि राष्ट्रपति दुई प्रमुख पार्टी सोशलिस्ट र सेन्टर राइट रिपब्लिकन पार्टीबाट छैनन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि म्याक्रोनले युरोपेली संघ र आफ्नो देशबासीबीच सम्पर्क पुनस्थपित गर्ने बाचा गरेका छन् । साथै विचारका आधारमा विभाजित देशलाई जोड्ने र चरमपन्थ र जलवायु परिर्वतनको खतराको समना गर्ने बताए । उनले अब नयाँ सरकार बनाउनु पर्छ , तर, उनको राजनीतिक आन्दोलन ‘इन मर्ची’का निर्वाचित प्रतिनिधि नेशनल एसेम्बलीमा छैनन् ।