भक्तपुरमा तेस्रोलिगिंदेखि पूर्वसभासद समेत उम्मेदवार
भक्तपुर २२ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भक्तपुरमा निर्वाचनको रौनक बढेको छ । मतदाताहरु पनि उत्साहित भएका छन भने उम्मेदवार र सबै राजनीतिक दलहरु चुनवाी अभियानमा तीब्र लागिरहेका छन् । निर्वाचन अधिकृतका कार्यालयहरुले पनि आफनो जिम्मेवारी सहितको काम अघि बढाएका छन् । निर्वाचनकै लागि यहाँको सुरक्षा व्यवस्थापनि मिलाईएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा आगामी निर्वाचनका लागि २ सय ७६ जनाले मनोनय दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन् ।
यस नगरमा महिलाको सहभागिता पनि उत्तिकै रहेको सूर्यविनायक नगरपालिकाका निर्वाचन अधिकृत दुर्गा गुरुगंले बताउँनु भयो । उहाँका अनुसार यो निर्वाचनमा मनोनय दर्ता गराएकामध्ये १ सय ९७ जना महिला उम्मेदवार रहेका छन् । जसमा दलित महिलाको संख्या ३५ जना रहेको ५ । यस नगरमा पहिलो पटक एकजना तेस्रोलिगींले पनि नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराई चुनावी मैदानमा उत्रिएको निर्वाचन अधिकृत गुरुगंले जानकारी दिनुभयो । भक्तपुर जिल्लामै तेस्रो लिगींको संख्या ५ जना रहेको निर्वाचन आयोगको रकर्डमा उल्लेख गरिएको छ ।
यसैगरी नेमकिपाको गढ मानिएको भक्तपुर नगरपालिकामा पनि २ सय २२ जनाले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । जसमा यहाँका १० वटा वडामा ८ जना दलित महिलाले उम्मेदवारी दिएको भक्तपुर नगरका निर्वाचन अधिकृत भोजराज शर्माले बताउँनुभयो । उहाँका अनुसार आज मात्रै उम्मेदवारको नामावली प्रकाशनका साथै विभिन्न उम्मेदवारलाई चुनाव चिन्ह समेत प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि आबश्यक तयारी पुरा गरेपनि ३१ गते पानी परेको अबस्थामा भक्तपुरका ४ वटा मतदानस्थलमा समस्या हुन सक्ने उहाँले बताउँनुभयो ।
भत्तःपुरमा पूर्वसभासददेखि तेस्रोलिगिं समेतले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । भक्तपुरका अन्य दुई नगरपालिका चाँगु र मध्यपुरथिमीमा पनि चुनावी माहोल उत्तिकै बढेको र निर्वाचनका लागि आबश्इक तयारी भैरहेको निर्वाचन अधिकृतहरुले बताएका छन् ।