आइएसको आक्रमणमा कम्तिमा ३० को मृत्यु

भक्तपुर न्यूज

२० वैशाख २०७४ १०:४४

आइएसको आक्रमणमा कम्तिमा ३० को मृत्यु

एजेन्सी, २० बैशाख । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमणमा परि सिरियामा सर्वसाधारण नागरिकसहित कम्तिमा ३० जनाको र्मत्यु भएको छ । इराकसँग सीमा जोडिएको सिरियाको उत्तर पूर्वी क्षेत्रमा आइएसका लडाकुले गरेको आक्रमणमा परि सर्वसाधारण नागरिक र कुर्दिस लडाकु गरी ३० जना भन्दा बढीको मृत्यु भएको बिबिसीले जनाएको छ ।
विस्थापित भएका सिरियाली नागरिक तथा इराकी शरणार्थीका लागि राजम अल–सालिबीमा बनाइएको आश्रय स्थललाई लक्षित गरी आक्रमण भएको हो । आइएसका लडाकुले सिरियन डेमोक्र्याटिक फोर्सेस् एसडिएफका लडाकुसँग पनि संघर्ष गरेका छन् । एसडिएफले आइएसविरुद्ध कारवाही अभियान गर्दै आएको छ ।
मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले आइएसका पाँचजना आत्मघाती बम आक्रमणकारीले आफैलाई विस्फोट गराएको र त्यसमा परि ३८ जनाको मृत्यु भएको जनाएको छ । त्यसमध्ये २३ जना सर्वसाधारण नागरिक छन् । घटनामा अन्य ३० जना घाइते भएका छन् ।
सिरियाली सरकारी समाचार संस्थाले भने घटनामा ३० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको र ३४ जना घाइते भएको जनाएको छ । तर आक्रमण आत्मघाती रहे नरहेको भने केही खुलाएको छैन । तर कुर्दिस रेड क्रिसेन्टले भने घटनामा २२ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *