आज पनि ओर्लियो सुनचाँदीको मूल्य
काठमाडौं, २० बैशाख । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ७ सय ६०रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ५५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
