आँधीमा सातको मृत्यु
एजेन्सी, १९ वैशाख । बङ्गलादेशमा हिजो राति आएको शक्तिशाली आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ भने, अन्य दर्जनौं घाइते भएका अधिकारहरुले आज जानकारी दिएका छन् । रातीको समय केही घण्टासम्म चलेको यस आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको बताइएको छ । बङ्गलादेशको राजधानी ढाकाबाट करिब २५६ किलोमिटर दक्षिणमा पर्ने राजसाही जिल्लामा सो आँधीमा परी चार व्यक्तिको मृत्यु भएको बताइएको छ ।
त्यसैगरी राजसाही जिल्लामा भएको अन्य तीन जना घाइतेहरु भने राजसाही मेडिकल कलेज हस्पितलमा उपचारको क्रममा हिजो राति मृत्यु भएको छ । यस आँधीको कारण उक्त जिल्लामा रेल मार्ग, यातायतलगायत निर्माणाधिन अवस्थामा रहेका भवनहरु समेत क्षतिग्रस्त भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३