नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक
काठमाडौं, १७ बैशाख । नेपाल राष्ट्र बैंकले साढे ८ प्रतिशत व्याजदर दिनेगरी ५ अर्ब रुपैयाँको नागरिक बचतपत्र निश्कासन गर्ने भएको छ । ५ वर्षे अवधिको यो वचतपत्रमा जो कोही इच्छुक नागरिकले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १ हजारको दरमा हुने बचतपत्रमा कम्तीमा १० कित्ता अर्थात १० हजार रुपैयाँको आवेदन दिनुपर्दछ । सो रकमभन्दा बढी दिँदा १० हजारले भाग जाने रकमको आवेदन दिइनुपर्दछ ।
आफूले रकम लगानी गरेपछि राष्ट्र बैंकले ६–६ महिनामा ८ दशमलव ५ प्रतिशतका दरले हुने व्याजदर प्रदान गर्दछ । २०७९ जेठ १९ गते साँवा भुक्तानी हुनेछ । बैंकका अनुसार इच्छुक नागरिकले आगामी वैशाख २४ गतेदेखि जेठ १४ गतेसम्म जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
