ताप्लेजुङमा नेपाल टेलिकमका सबै सेवा अबरुद्ध
ताप्लेजुङ, १३ बैशाख । आज बिहानैदेखि ताप्लेजुङमा नेपाल टेलिककमका सबै सेबाहरु अबरुद्ध भएका छन् । नेपाल टेलिकमको ल्याण्डलाईन, प्रिपेड तथा पोष्टपेड र सिडिएमए साथै एडिएसएल सेवा अबरुद्ध हुँदा लाखौं सेवाग्राही मर्कामा परेका छन् ।
टेलिकमको सबै सेवा अबरुद्ध भएपछि बिग्रनुको कारणबारे टेलिकमसँग सम्पर्क हुन सकेको छैन । टेलिकम बाहेकका मोवाइल नेटवर्क तथा इन्टरनेट भने चलिरहेका छन् ।
ताप्लेजुङमा पटक पटक नेपाल टेलिकमको सेवा अबरुद्ध हुँदा पनि स्तरोन्नतिका भएको छैन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
