फेसबुकमा प्रत्यक्ष प्रशारण गरी हत्या
एजेन्सी, १३ बैशाख । थाइल्याण्डमा एक व्यक्तिले श्रीमतीसँग भएको सामान्य मनमुटाबलाई लिएर आफ्नै छोरीको हत्या गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रशारण गर्दै आफ्नी छोरीको हत्या गरेका हुन् ।
२१ वर्षीय उक्त व्यक्तिले आफ्नी शिशु छोरीलाई झुण्ड्याएर मारेपछि आफूले पनि आत्महत्या गरेका थिए । उक्त घटना थाइल्याण्डमा रहेको डेजर्ट होटलमा भएको हो । घटनाको जानकारी पाएलगत्तै फेसबुकले पीडित परिवारलाई हार्दिक समवेदना प्रकट गर्दै सो भिडियो फेसबुकबाट हटाइएको जनाएको छ ।
उक्त व्यक्तिले नेपाली समयअनुसार सोमबार दिउँसो ३ बजेर ३५ मिनेटदेखि ३ बजेर ४२ मिनेट जाँदासम्म फेसबुकमा प्रत्यक्ष प्रशारण गरेर आफ्नी छोरीको हत्या गरेका थिए । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रशारण गर्दै हत्या एवं आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । फेसबुकमाथि यस्तो कुरा नियन्त्रण गर्न दबाबसमेत बढ्दै गएको छ ।