जिल्ला अस्पताल आफै विरामी
। कुमार प्याकुरेल ।
दैलेख, १२ बैशाख । दैलेख जिल्ला अस्पताल बिगत केही समयदेखि आफै विरामी जस्तै भएको छ। जिल्लामा दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी मात्रै नभई प्रयाप्तमात्रामा औषधि उपकरणहरू नहुदा अस्पताल झन् समस्याले ग्रसित भएको छ । जिल्लामा केही समय अगाडि मात्र सन्चालनमा आएका भिडियो एक्सरे, दन्त सेवा, र बत्ति नभएकोबेला पनि जेनेरेटरको प्रयोगबाट एक्सरे हुने गरेको अस्पतालमा अहिले कुनै पनि सेवाहरू सन्चालनमा आउन सकिरहेका छैनन् । राज्यले तोकिदिएको निशुल्क रूपमा पाईने औषधिको समेत अभाव छ जिल्लामा । सिडिबाट लडेर ढाडमा चोट लागेको छ दुई दिन भयो अस्पताल आएको एक्सरे गर्नुपर्ने भयो कहिले बत्तिको भोल्टेज पुगेको छैन त कहिले बत्तिनै छैन भन्छिन् विरामी ज्ञानु केसी ।
तेस्तै ३ दिन भयो दात किराले खाएर हैरानै बनायो जिल्ला अस्पताल पुगियो न कोहि दात सम्बन्धि हेर्ने स्वास्थ्यकर्मी न कुनै, औजार उपकरण केवल दुखाई कम गर्ने औषधि मात्र थप सेवाको जिल्ला बाहिर जानू पर्ने भयो भन्छिन् मोहनमाया प्याकुरेल । उनी थप्छिन् जिल्लामा दन्त सम्वन्धि काम गर्नको लागि भनेर जिल्ला अस्पतालबाट केही स्वास्थ्यकर्मीहरू तालिम लिएर आएको भएपनि उक्त सेवा शुचारू हुन नसक्नु दुखको कुरा भएको छ ।
यसै बिषयमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमख शोभित थापा भन्छन् अस्पतालमा यस्ता थुप्रै खालका समस्याहरू छन् जस्तै भिडियो एक्सरे छैन जेनेटर मर्मत गर्न धेरै खर्च लाग्छ । हामी सङ्ग पैसा छैन,तेस्तै दन्त सम्बन्धि बस्ने कुर्चि समेत नभएको उनी बताउछन् ।१५ सैया रहेको अस्पतालमा विरामीको दिनानुदिन चाप बढ्दै गएको छ । तर चाप अनुसारको सेवा सुविधा बिस्तार गर्नु पर्नेमा पहिले देखिनै सेवा दिदै आएको सुविधाहरू समेत नरहनुले अस्पताल आफै विरामी परेको स्पष्ट देखिन्छ ।