कान्टे बने पिएफए वर्ष खेलाडी
एजेन्सी, ११ बैशाख । यस वर्षको पिएफए वर्ष फुटबल खेलाडी अवार्ड चेल्सीका मिडफिल्डर एन गोलो कान्टेले जितेका छन् । मनोनयनमा परेका अरु पाँच जनालाई पछि पार्दै कान्टेले अवार्ड जितेका हुन् । प्रोफेशनल फुटबलरस एशोसिएशनले प्रदान गर्ने वर्ष खेलाडीको अवार्डका लागि कान्टेसँगै चेल्सीकै इडन हजार्ड, टोटनह्यामा ह्यारी केन, म्यानचेस्टर युनाइटेडका जाल्टन इब्राहिमोविच, एभर्टनका रामेलु लुकाकु र आर्सनलका एलेक्स सान्चेज मनोनयनमा परेका थिए ।
गएको वर्ष यो अवार्ड लेस्टर सिटीका फरवाड रियाद महरेजले पाएका थिए । यस्तै टोटनह्यामका डेल अलीले पिएफए योङ प्लेअर अफ द एअर अवार्ड जितेका छन् । उनले रामेलु लुकाकु, माइकल केएने, जोर्डन पिकफोर्ड, लिरोय साने र ह्यारी केनलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५