भक्तपुर नपामा १० हजार भूकम्प पिडितहरु धरापयुक्त घरमा बस्न बाध्य

भक्तपुर न्यूज

७ वैशाख २०७४ ९:३९

भक्तपुर नपामा १० हजार भूकम्प पिडितहरु धरापयुक्त घरमा बस्न बाध्य

भक्तपुर । बिनाशकारी भूकम्प गएको दुई बर्षसम्म पनि भक्तपुरका धरापयुक्त घरमा बस्न बाध्य छन् भूकम्प पिडितहरु । कति खेर सानो पराकम्पले धरापयुक्त घर भत्कने त्यसको कुनै ठेगान छैन्, तर पनि बाध्य छन् शहरी गरिबहरु जोखिम मोलर बासको जोहका लागि ।
भक्तपुर नगरपालिकाका इन्जिनियर ओम हरि था श्रेष्ठ भन्छन्, शहरी गरिबी कै कारण भक्तपुर नगरमा झण्डै १० हजार संख्यामा मानिसहरु अति जोखिम धरापयुक्त घरमा बस्न बाध्य भएका छन् । उनीहरुको आर्थिक अवस्था कम्जोर भएकै कारण उनीहरु यस्तो धरापयुक्त घरमा बस्नु पर्ने बाध्यता रहेको उनको ठम्याई छ ।
कूल १० हजार संख्यामा ७० प्रतिशत जनसंख्या अति जोखिम घरमा बस्नु उनीहरुको बाध्यता भएता पनि सरोकारवालाहरुको ध्यान भने यता जान नसक्दा कुन समयमा कस्तो घटना घट्ने हो भन्न नसकिने अवस्था रहेको भक्तपुरका स्थानियहरु भन्छन् ।
भुकम्प पिडित तुल्सी बनमाला भन्छन्, नगर भित्र भवन निर्माणको प्रक्रिया जटिल छ । भक्तपुरका भूकम्प पिडितहरुमा आर्थिक अभाव, साँध विवाद, अंश बण्डा र बिभिन्न खालका बिबादकै कारण नगर भित्र घर बनाउन जटिल रहेको उनी बताउँछन् ।
सबैभन्दा बढी धरापयुक्त घरहरु रहेको साबिकको १, २ ,११, १२ ,१३ बडाका भूकम्प पिडिहरुलाई बेलैमा उचित बास स्थानको ब्यवस्था गर्ने तर्फ कसको ध्यान जाने हो यस तर्फ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *