पानामाको राष्ट्रिय फुटबल खेलाडीको गोली हानी हत्या

भक्तपुर न्यूज

४ वैशाख २०७४ ९:१५

पानामाको राष्ट्रिय फुटबल खेलाडीको गोली हानी हत्या

एजेन्सी, ४ बैशाख । पानामाको राष्ट्रिय फुटबल टिमका एक खेलाडीको गोली हानी हत्या भएको छ । गएको महिना विश्वकप छनौट अन्तर्गत अमेरिकासँगको खेलमा खेलेका मिडफिल्डर एमिल्कर हेनरिक्युजको गोली लागेर मृत्यु भएको हो ।
३३ वर्षिय हेनरिक्युजको उएभो कोलोनमा गोली लागेको अवस्थामा आइतबार भेटिएको र उपचारको क्रममा उनको मृत्यु भएको फक्स स्फोर्टसले जनाएको छ । घटनामा अरु दुईजना पनि घाइते भएका छन् ।
उनले पानामाको राष्ट्रिय टिमबाट ७५ खेल खेलेका छन् । उनी विश्वकप २०१८ को छनौट अन्तर्गत गएको मार्च २८ मा अमेरिकासँगको खेलमा ८० औं मिनेटमा मैदान छिरेका थिए । यो खेलमा पानामा १–१ को बराबरीमा रोकिएको थियो । गोली हान्नेको खोजी भइरहेको स्थनीय अधिकारीले बताएका छन् । पानामाका राष्ट्रपतिले घटनाका दोषीलाई पक्राउ गर्न निर्देशन पनि दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *