श्रेष्ठ परिवारले भक्तपुर क्यान्सर अस्पताललाई चार करोडको सहयोग गर्यो
भक्तपुर ४ बैषाख। भक्तपुर क्यान्सर अस्पताललाई ४ करोड बराबरको भवन हस्तान्तरण गरेका छन् । काठमाडौं बागबजार निवासी श्री चिनीकाजी श्रेष्ठ र श्रीमती शान्ता देवी श्रेष्ठका परिवारले निर्मित स्मृतिभवनको पहिलो र दोस्रो तल्ला निर्माण गर्न सहयोग गरेका हुन् । । उक्त भवनको साँचो आज स्वास्थ्य मन्त्री गगन थापालाई श्रेष्ठले हस्तान्तरण गरेपछि थापाले थापाले अस्पतालाई हस्तान्तरण गरेका छन् ।
भवन उद्घाटन कायक्रममा बोल्दै स्वास्थ्य मन्त्री थापाले क्यानसर पिडित बिरामीको लागि ५ लाख सम्मको सहयोग रकम क्याबिनटले पास गरिसकेको र बैषाख ७ गते संसदमा पेश हुने जानकारी दिए । उनले सरकारी अस्पताहरुमा हुने चरम लापरवाहिलाई नियन्त्रण गर्न सरकार लागिथ परेको भन्दै नेपाली माझ स्वास्थ्य बिमा ल्याउन लागेको समते बताए । परोपकारी मनका धनी श्रेष्ठ परिवारलाई थापाले कदर पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।
श्रेष्ठ परिवारले १० वटा डिलक्स शैया सहित १ सय ५० शैयााको भवनका लागि रु ४ कारोड रुपौयाँ बाराबरको सहयोग गरेको अस्पतालले जानकारी दिएको छ ।