सुप्रितले आफ्नै श्रीमानको मृत्यु ब्रेकिङ न्यूजमा पढिन्

भक्तपुर न्यूज

२७ चैत २०७३ ८:०७

सुप्रितले आफ्नै श्रीमानको मृत्यु ब्रेकिङ न्यूजमा पढिन्

एजेन्सी, २७ चैत । भारत, छत्तीसगढ राज्यको रायपुरको एक निजी टेलिभिजन च्यानलकी समाचारवाचिका सुप्रीत कौरको चर्चा अहिले जताततै छाएको छ । सधैंझै हिजो बिहान पनि भारतको एक टेलिभिजनकी समाचारवाचिका सुप्रित कौर स्टुडियोमा छिरिन्। समाचार पढिरहेको बेला एउटा ब्रेकिङ न्यूज आयो– सडक दुर्घटनामा तीन जनाको मृत्यु ।
छत्तीसगढका क्षेत्रीय टिभी च्यानलकी समाचारवाचिका सुप्रितले त्यही बेला घटनास्थलमा संवाददातालाई फोन लगाइन् । घटनाका बारेमा थप जानकारी मागिन् ।
मासामुन्ड जिल्लाको पिठौरामा भएको उक्त दुर्घटनाबारे जब संवाददाताले फोनमा वर्णन गर्न थाले तब सुप्रितले थाहा पाइन्, त्यो गाडीमा त उनका श्रीमान् हर्षद कावाडे पनि थिए । उनले मृतकको सनाखत भइनसकेको बताए । उनले केही नभएजस्तो गरी आफ्नो भावनालाई काबुमा राखेर समाचार वाचन पूरा गरिन् ।
समाचार सकिएपछि उनले फेरि संवाददातालाई फोन गरिन् । आफ्नो श्रीमानको मृत्यु पुष्टि भयो ।
सुप्रितका साथीहरुले उनले व्यक्तिगत पीडामा पनि आफूलाई सम्हालेर कामप्रतिको दायित्व निर्वाह गरेको भन्दै तारिफ गरेका छन् ।
कौर आइबिसी २४ टिभी च्यानलमा ९ वर्षदेखि काम गरिरहेकी छन् । हर्षदसँग एक वर्षअघि मात्रै उनको विवाह भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *