एक महिलाले उडिरहेको विमान भित्रै बच्चा जन्माइन्

भक्तपुर न्यूज

२७ चैत २०७३ ७:५४

एक महिलाले उडिरहेको विमान भित्रै बच्चा जन्माइन्

एजेन्सी, २७ चैत । एक महिलाले उडिरहेको विमान भित्रै बच्चा जन्माएकी छन् । गिनीबाट बुर्किना फासो हुँदै टर्कीको इस्थानबुलका लागि उडेको टर्किस एयरको विमानमा नाफी दिएबी नाम गरेकी महिलाले छोरी जन्माएकी हुन् । २८ हप्ताकी गर्भवती नाफीलाई गिनीबाट विमान उडेलगतै सुत्केरी बेथा लागेको थियो । त्यसपछि उनलाई नाफी विमानका क्याबिन क्रियु सदस्यले सहयोग गरेका थिए ।
उनले विमान ४२ हजार फिटमाथि रहेका बेला छोरी जन्माएकी हुन् । आमा र कादिजु नाम गरेकी बालिकालाई बुर्किना फासोमा विमान अवतरण भएपछि अस्पताल लगिएको र अहिले दुवैको अवस्था सामान्य रहेको टर्किस एयरलाइन्सले जनाएको छ । धेरै जसो एयरलाइन्सले ३६ हप्तासम्मका गर्भवतीलाई विमान चढ्न दिने गरेको छ । तर २८ हप्तादेखि डाक्टरको सिफारिस भने लिनु पर्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *