बार्सिलोना मालागासँग २–० ले पराजित भयो

भक्तपुर न्यूज

२७ चैत २०७३ ६:२४

बार्सिलोना मालागासँग २–० ले पराजित भयो

एजेन्सी, २७ चैत । स्पेनिस ला लिगाको उपाधि होडमा शीर्ष स्थानको रियल मड्रिडलाई दबाब दिँदै आएको बार्सिलोना महत्वपूर्ण खेलमा पराजित भएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा १० खेलाडीमा सीमित भएको बार्सिलोना मालागासँग २–० ले पराजित भयो ।
अवे मैदानमा भएको खेलमा जित निकालेको भए बार्सिलोनाले रियल मड्रिडसँग अंक बराबरी गर्ने थियो । तर ६५ औं मिनेटमा नेइमार दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको बार्सिलोनालाई घरेलु टोली मालागाले हरायो । मालागाको जितमा रामिरेज र रोड्रिग्वेज मेनेन्डेजले गोल गरे ।
हारपछि दोस्रो स्थानको बार्सिलोनाको ३१ खेलबाट ६९ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ७२ अंक भएको छ । बार्सिलोनाको एक खेल बढी खेलेर पनि रियलको भन्दा तीन अंक कम छ ।
राति नै भएका खेलमा सेभिल्लाले डिप्रोटिभो डि लाकोरुनालाई ४–२ तथा स्पानियोलले एलाभेसलाई १–० ले हरायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *