रियल मड्रिड एथ्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकियो
एजेन्सी, २७ चैत । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको मड्रिड डर्बी बराबरी रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा अग्रता लिएर पनि रियल मड्रिड एथ्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकियो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५२ औं मिनेटमा पेपेको गोलबाट रियलले अग्रता लियो । टोनी क्रसको फ्रि–किकमा पेपेले गोल गरेका हुन् । ८५ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले एथ्लेटिकोका लागि बराबरी गोल फर्काए । ्बराबरीपछि दोस्रो स्थानको बोर्सिलोनासँगको अंक दूरी बढाउने मौका गुमाएको रियलको ३० खेलबाट ७२ अंक भएको छ । रियल एक खेल बढी खेलेको दोस्रो स्थानको बार्सिलोना भन्दा तीन अंकले अघि छ । तेस्रो स्थानको एथ्लेटिकोको ३१ खेलबाट ६२ अंक भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३