निर्वाचनमा सेना प्रहरीलाई दैनिक ३ सय भत्ता

भक्तपुर न्यूज

२४ चैत २०७३ ५:५३

निर्वाचनमा सेना प्रहरीलाई दैनिक ३ सय भत्ता

काठमाडौं, २४ चैत । गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई विशेष भत्ता र खाजा खर्चबापत दैनिक ३ सय रुपैयाँ उपलब्ध गराउन प्रस्ताव गरेको छ ।
वैशाख ३१ गतेका लागि तय भएको निर्वाचनमा एक सातासम्म सुरक्षाकर्मी दैनिक २ सय ५० रुपैयाँ भत्ता र ५० रुपैयाँ खाजा खर्च उपलब्ध गराउन अर्थ मन्त्रालयसमक्ष प्रस्ताव गरिएको हो । अर्थले यो प्रस्ताव स्वीकृत गरे दैनिक भत्ता र खाजा खर्चबापत सुरक्षाकर्मीका लागि दैनिक करिब ७ करोड रुपैयाँ खर्च हुनेछ । यससँगै एक साताको भत्ता र खाजा खर्चमा करिब ४९ करोड रुपैयाँ विनियोजन गर्नुपर्ने छ । अर्थ मन्त्रालयले निर्वाचन सुरक्षाका प्रयोजनका लागि ३ अर्ब ४० करोड रूपैयाँ निकासा गरेको छ । गृह मन्तर्गत सुरक्षाकर्मी परिचालनमा ३ अर्ब र सेनाका लागि ४० करोड रूपैयाँ विनियोजन गरिएको अर्थले जनाएको छ । कारोबार दैनिकमा खबर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *