आर्सनलले वेष्ट ह्यामलाई ३–० ले हरायो
एजेन्सी, २४ चैत । आर्सनलले आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना कायम राखेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले वेष्ट ह्यामलाई ३–० ले हराएर शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना बलियो बनाएको हो । आर्सनको जितमा मेसुट ओजिल, थियो वालकोट र ओलिभर जिरउडले गोल गरे ।
जिपपछि पाँचौं स्थानमा उक्लिएको आर्सनलको २९ खेलबाट ५४ अंक भएको छ । आर्सनल चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा चार अंकले पछि परेको छ । समान ५४ अंक नै भएपछि म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा झरेको छ ।
राति भएका अरु खेलमा हल सिटीले मिडल्सबर्गलाई ४–२ तथा साउथह्यामप्टनले क्रिष्टल प्यालेसलाइए ३–१ ले हरायो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३