निर्वाचन आयोगले तोक्यो सात सय ४४ वटै स्थानीय तहमा खटिने निर्वाचन अधिकृत

भक्तपुर न्यूज

२२ चैत २०७३ ७:२०

निर्वाचन आयोगले तोक्यो सात सय ४४ वटै स्थानीय तहमा खटिने निर्वाचन अधिकृत

काठमाडौं, २२ चैत । निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयोगले २५ गतेदेखि लागु हुने गरी न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीहरू समेत गरी ६६९ जनालाई निर्वाचन अधिकृत तोकेको हो । मुख्य निर्वाचन अधिकृत तोकिएका जिल्ला न्यायाधीशहरुले समेत एक एक स्थानीय तहमा निर्वाचन अधिकृतको रुपमा काम गर्नुपर्नेछ ।
आयोगले निर्वाचन अधिकृतलाई वैशाख १२ गतेसम्म आफूलाई खटाएको स्थानीय तहमा पुगेर कार्यालय स्थापना गर्न भनेको छ ।
आयोगले आज गोरखापत्रमा सूचना प्रकाशित गरेर सात सय ४४ वटै स्थानीय तहमा खटिने निर्वाचन अधिकृतको नामावली प्रकाशन गरेको छ ।

कुन स्थानीय तहमा को निर्वाचन अधिकृत ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *