रिलिज नहुँदै फिल्म बाबरी मस्जिद माथि प्रतिबन्ध

भक्तपुर न्यूज

२२ चैत २०७३ ६:३०

रिलिज नहुँदै फिल्म बाबरी मस्जिद माथि प्रतिबन्ध

एजेन्सी, २२ चैत । फिल्म बाबरी मस्जिदमाथि सेन्सरबोर्डले प्रतिबन्ध लगाएको छ । फिल्म रिलिज नहुँदै सेन्सर बोर्डले प्रदर्शन नगर्न निर्देशन दिएको हो । फिल्ममा भएका विषयवस्तुलाई लिएर सेन्सर बोर्डले यस्तो कदम उठाएको बुझिएको छ ।
भोजपुरी सुपरस्टार खेसारीलाल यादवको यो फिल्ममा सेन्सर बोर्डले यसले साम्प्रदायिक भावना भड्काउने भन्दै प्रतिबन्ध लगाएको बताइएको छ । यसरी सेन्सर बोर्डले सर्टिफिकेट दिन अस्वीकार गरेको यो पहिलो फिल्म हो । फिल्ममा खेसारीलालसँगै काजल राघवानी, अवधेश मिश्रा, संजय पाण्डे, बृजेश त्रिपाठी, त्रिशा खान र सम्भावना सेठजस्ता कलाकार छन् । फिल्मका प्रोड्युसर धीरेन्द्र चौबे र निर्देशक देव पाण्डे हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *