भ्यागुते रोगबाट कमल थापाको मृत्यु
पाल्पा, २२ चैत । पाल्पामा एक बालकको भ्यागुते रोगबाट मृत्यु भएको छ । उपचारको क्रममा पूर्वखोला गाउँपालिका–२ जल्पाका ९ वर्षका कमल थापाको हिजो राति मृत्यु भएको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।
कमलको गएको १२ दिनदेखि उपचार भइरहेको थियो । पाल्पामा पहिलो पटक भ्यागुते रोग देखिएको हो । सरुवा रोग भएकाले मृतकका परिवार र गाउँका एक सय भन्दा बढीलाई खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
