भारतीय जलसेनाका टोलीले सगरमाथा आरोहण गर्ने

भक्तपुर न्यूज

२१ चैत २०७३ १०:३४

भारतीय जलसेनाका टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं, २१ चैत । भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ । सो टोलीले आज नेपालस्थित भारतीय राजदूतावास लैनचौरमा पत्रकार सम्मेलन गरेर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिए।
सो अवसरमा आरोहण टोलीका संयोजक सञ्जयकुमार कुलकर्नीले २४ जनाको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिए । उनले भने, हामीहरु सागरदेखि सगरमाथा भन्ने मूल नाराका साथ सगरमाथा चढ्न लागेका हौँ ।
उनले मङ्गलबार काठमाडौँदेखि जिरी सवारीसाधनमा जाने र त्यहाँबाट पैदल हुँदै सगरमाथा बेसक्याम्प जाने बताए । नेपाली पर्यटकीय पदयात्री मिङ्मा शेर्पाको नेतृत्वमा उनीहरु सगरमाथा जान लागेका हुन् ।
यसभन्दा पहिले सन् १९६५ र सन् २००४ मा भारतीय जलसेनाका टोली सगरमाथा आरोहण गरेका थिए । उनीहरुलाई नेपालस्थित भारतीय दूतावासले आजै बिदाइसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय