राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबिच भेटवार्ता
काठमाण्डौ, २१ चैत्र । राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज पछिल्लो राजनीतिक घटनाक्रम र स्थानीय तह चुनावको तयारीका बिषयमा छलफल भएको छ ।
राष्ट्रपति भवन शितलनिवासमा भएको भेटमा उनीहरुबीच समसामयिक राजनीति र स्थानीय तहको चुनावको तयारीबारे छलफल भएको थियो ।
त्यसक्रममा राष्ट्रपति भण्डारीले सबै दललाई समेटेर चुनावका लागि उचित वातावरण बनाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरिन् ।
यस्तै, प्रधानमन्त्री दाहालले मधेसी मोर्चासँग जारी वार्ता सकारात्मक निष्कर्षतर्फ उन्मुख रहेको भन्दै सरकार बैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन गर्न प्रतिवद्ध रहेको बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
