मस्कोमा सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका कम्तिमा ३१ पक्राउ
एजेन्सी, २१ चैत । रुसको मस्कोमा सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका कम्तिमा ३१ जना पक्राउ परेका छन् । हरेक आइतबार सरकार विरुद्ध प्रदर्शन गर्ने क्रममा प्रहरीले ३१ जना विपक्षी दलका प्रदर्शनकारीलाई पक्राउ गरेको बिबिसीले जनाएको छ ।
गएको आइतबारदेखि विपक्षी दलले मस्कोमा प्रदर्शन गर्दै आएका छन् । गएको हप्ता विपक्षी दलका मुख्य नेता एलेक्सेस नाभाल्नीसहित केहीलाई पक्राउ परेका थिए । गएको हप्ता मस्कोमा हजारौंको सहभागिता रहेकोमा एक हजार भन्दा धेरै प्रदर्शनकारी पक्राउ भएका थिए । त्यो पाँच वर्ष यताकै धेरै रहेको जनाइएको छ । तर यो आइतबार एक सयको हाराहारीमा प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री दिमित्री मेद्भेदेभले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३