प्रहरीले नै लुटे ६० तोला सुन
काठमाडौं, २० चैत । काठमाडौंको न्यरोडमा प्रहरीकै संलग्नतामा ६० तोला सुन लुटिएको छ । लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन् ।
न्यूरोड मरुहिटीमा भारतीय नागरिक शिव माइतीले सञ्चालन गरेको सुन पसलमा शुक्रबार हतियार देखाएर झण्डै ६० तोला सुन लुटपाट भएको थियो ।
महानगरीय प्रहरीको अपराध महाशाखाले लुटपाटमा संलग्न तीन जनालाई पक्राउ परेको छ । महाशाखाका एसपी प्रकाशजंग कार्कीले भने, अपरेशन अन्तिम चरणमा पुगेको छ । लुटपाटमा प्रहरीकै संलग्नता देखिएको छ ।
सोह्रखुट्टे प्रहरीका हवल्दार अजय गुरुङसहितको समूह लुटपाटमा संलग्न भएको पाइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
