लिभरपुल तेस्रो स्थानमा उक्लियो
एजेन्सी, २० चैत । इंग्लिस प्रिमियर लिग अन्तर्गत हिजो भएको खेलमा लिभरपुलले इभर्टनलाई ३(१ गोल अन्तरले हराएको छ । यससँगै उसले लिगको शीर्ष चारको दौडमा आफ्नो दाबेदारीलाई थप बलियो बनाएको छ ।
लिभरपुलले मानेको गोलमा खेलको आठौँ मिनेटमा नै अग्रता लिएको थियो । त्यसपछि इभर्टनका पेनिङटनले २८ औँ मिनेटमा गोल गरेर खेल बराबरी बनाए ।
लगत्तै ३१ औँ मिनेटमा काउटिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । यस्तै ओरिगीले ६० औँ मिनेटमा गोल गरेर ३–१ को अग्रता दिलाए ।
जितसँगै लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको ३० खेलबाट ५९ अंक भएको छ । शीर्ष स्थानमा रहेको चेल्सीको २८ खेलबाट ६९ छ । दोस्रो स्थानमा रहेको टोटनहृयामको २८ खेलबाटै ५९ अंक छ । चौथो स्थानमा झरेको म्यानचेष्टर सिटीको २८ खेलबाट ५७ अंक छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००