मोर्चाको अवरोधका कारण तराईमा वडा सचिवहरुले काम गर्न सकेनन्

भक्तपुर न्यूज

२० चैत २०७३ ७:५१

मोर्चाको अवरोधका कारण तराईमा वडा सचिवहरुले काम गर्न सकेनन्

भक्तपुर, २० चैत । स्थानीय निकाय स्थानीय तहमा रुपान्तरण हुँदासमेत करिब तीन हजार वडामा वडा सचिव रिक्त रहेको सरोकारवाहरुले बताएका छन् ।
रफत सञ्चार क्लबमा आज आयोजित पत्रकार भेटघाटका क्रममा ७४४ स्थानीय तहमा छ हजार ६८० वडा कायम रहेकोमा तीन हजार वडा सचिव रिक्त रहेको स्थानीय तह निजामती सचिब संंरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजाले बताए । उनले तराईमा मधेशी मोर्चाको अवरोधका कारण उनीहरुले आफ्नो काम गर्न नसकेको बताए ।
स्थानीय तहको कार्यान्वयनसँगै करिब तीन हजार गाबिस सचिबले दोहोर जिम्मेवारी निर्वाह गरि स्थानियलाई सेवा प्रवाह गरिरहेको बताए । उनले सरकार गम्भिर बन्न नसक्दा सक्षम कार्यसम्पादनमा अप्ठेयारो परेको बताए ।
उनले संघियतामा वडा सचिबहरुलाई एक तह प्रमोशनको माग निरन्तर रहेको भन्दै निर्वाचनमा देश होमिएकाले आफूहरुले कुनै आन्दोलन नगर्ने जानकारी दिए ।
केन्द्रका सल्लाहकार हरिप्रसाद पोखरेलले मधेसमा सचिवहरुले हाल पनि काम गर्न सक्ने अवस्था नरहेको भन्दै मधेशी मोर्चाको अवरोधका कारण स्थानियलाई सेवा प्रदान गर्न नसकिरहेको बताए ।
उनले मधेशका बिभिन्न जिल्लामा सरकारले सोचे अनुसारको सेवा प्रदान गर्न नसकेको गुनासो गर्दै वडा सचिहरुलाई काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे ।
यस अघि स्थानीय निकाय हुँदा गाबिस सचिब हकहित संरक्षण केन्द्र नेपाल रहेकोमा स्थानीय तहको लागूसँगै स्थानीय तह निजामती सचिब संरक्षण केन्द्रमा रुपातन्रण भएको कार्यक्रममा जानकारी गराईएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *