सेनालाई खसी उपहार

भक्तपुर न्यूज

१९ चैत २०७३ ६:४८

सेनालाई खसी उपहार

ताप्लेजुङ १९ चैत  । पाथीभरा क्षेत्रको पदमार्ग निमार्णमा सक्रिय नेपाली सेनाको टोलीलाई मलेसियामा रहेका एक नेपालीले १५ हजार बराबरको खसी उपहार दिएका छन् ।

३ हजार ७ मिटर उचाईमा रहेको पाथीभरा मन्दिरको पदमार्ग स्तरोन्नतिका लागि नेपाली सेनाको २१ नं. बाहिनीको समन्वयमा काममा खटिएको टोलीलाई तेह्रथुम, चुहानडाँडाका चुडामणि तिवारीले १५ हजार मूल्य बराबरको खसी उपहार दिएका हुन् ।

 

विभिन्न सञ्चार माध्यममा नेपाली सेनाको टोलीले पाथीभरा पदमार्गको स्तरोन्नतिका लागि खटेकोमा समाचार सुनेपछि आफूले सहयोग गरेका हुन् । नेपाल पत्रकार महासंघ ताप्लेजुङका जिल्ला सदस्य मदन गौतममार्फत आएको १५ हजार रकम परिचालन गरी नेपाली सेनाको टोलीलाई एउटा खसी हस्तान्तरण गरेको हो । खसी पदमार्ग निमार्णमा खटिएको सेनाको टोलीले खान पाउने गरी शुक्रवार नयाँरणभीम गुल्मका गुल्मपति रवि केसीलाई दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *