नेइमारको टुटेको प्रेम सम्बन्ध फेरि जोडियो

भक्तपुर न्यूज

१९ चैत २०७३ ६:२२

नेइमारको टुटेको प्रेम सम्बन्ध फेरि जोडियो

एजेन्सी १९ चैत ।  उत्कृष्ट लयमा रहेका ब्राजिलियन स्ट्राइकर नेइमार एक पल्ट फेरि आफ्नो प्रेम सम्बन्धलाई लिएर चर्चामा आएका छन्।  विश्व कप छनोटअन्तर्गत पाराग्वेलाई ३–० ले पराजित गर्न गोल गरेका नेइमार मंगलबार साँझ आफ्नो पूर्व प्रेमिका ब्रुना माक्र्युजिनसँग समय विताउँदै गरेको अवस्थामा फेला परेका छन्।

नेइमारले यसै साता अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो ५२ गोल पुरा गरेका थिए। उनलाई राती साओ पाउलोको बाटोमा ब्रुनासँग हिड्दै गरेको अवस्थामा धेरैले भेटेपछि स्थानीय मिडियामा समाचारको विषय बनेको थियो।

यी दुईबीच धेरै अगाडिदेखि प्रेम सम्बन्ध थियो। तर, गत वर्ष ओलम्पिकको बेला दुवैको सम्बन्ध बिग्रिएपछि सार्वजनिक स्थानमा दुई जना सँगै देखिएका थिएनन्। ब्रुना ब्राजिलकी चर्चित नायिका हुन्। बार्सिलोनाका व्यवसायिक खेलाडी नेइमार आइतबार स्पेनिस लिगअन्तर्गत ग्रानाडाविरुद्धको खेलका लागि स्पेन फर्किसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *