अभिषेकले लामो समयपछि फिल्म पाए
एजेन्सी, १७ चैत । बलिउडका अभिनेता अभिषेक बच्चनले लामो समयपछि फिल्म पाएका छन् । लामो समयदेखि चलचित्र विहिन बन्दै आएका अभिषेकले कृअर्ज इन्टरटेन्मेन्ट र केता प्रोडक्शनले बनाउन लागेको एक फिल्मका लागि उनलाई अनुवन्धित गरेको छ ।
हरर बिषयको यो फिल्मको कथा पढेपछि अभिषेक पनि खुशी देखिएका छन् । आगामी मे महिनामा यो फिल्मको छायांकन सुरु हुने भारतीय मिडियाले जनाएको छ ।
अभिषेकले अभिनय गरेका सोलो फिल्महरु नचलेपछि बलिउडका ठूला ब्यानरहरु उनलाई लिन नमानिरहेका बेला यो खबर समग्र बच्चन परिवारका लागी नै खुशीको खबर हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
