शुक्रबार सम्म मौसम प्रतिकुल रहने

भक्तपुर न्यूज

१६ चैत २०७३ ८:००

शुक्रबार सम्म मौसम प्रतिकुल रहने

काठमाडौं १६ चैत । उपत्यका लगाएद देशै भरको मौसम गडबड रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुले देशको पूर्वी तथा मध्य क्षेत्रमा बर्षा भएको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी क्षेत्र र भारतको बिहारको आकाशमा न्यूनचापीय क्षेत्र बनेकाले बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आएको हो।

‘बंगालबाट आएको बायूले पानी परेको हो, यहाँको धुलो धुँवाले गर्दा  आज उपत्यका अँध्यारोजस्तो भएको छ, महाशाखाले जनाएको छ बिहिबार पनि पानी नपरेपनि मौसम धुम्म हुने देखिन्छ। शुक्रबारदेखि मौसम सफा भई घाम लाग्ने सम्भावना रहेको शाखाले जनाएको छ । ‘यसको प्रभाव पश्चिमी क्षेत्रमा भने देखिदैन, पूर्वी क्षेत्रमा अझै केही दिन रहन सक्ने जानकारी दिएको छ ।

यसअघि पश्चिमी वायूको प्रभावले चैत पहिलो हप्तादेखि नै राजधानीमा पानी पर्न थालेको थियो। उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको थियो। हिमपातपछि उत्तर पश्चिमी वायूले चिसो बोकर ल्याउँदा दोस्रो सातासम्म पनि जाडो भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *