प्रशिक्षक हटाएको नेदरल्यान्ड्सको समस्या गहिरिदो, इटालीसँग २–१ ले पराजित

भक्तपुर न्यूज

१६ चैत २०७३ ७:२९

प्रशिक्षक हटाएको नेदरल्यान्ड्सको समस्या गहिरिदो, इटालीसँग २–१ ले पराजित

एजेन्सी १६ चैत ।  प्रशिक्षक डानी ब्लिन्डलाई निलम्बन गरेर इटालीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्न उत्रिएको नेदरल्यान्ड्सलाई ठूलो धक्का लागेको छ। डच टोली आफ्नो घरेलु मैदानमा इटालीसँग २–१ गोलले पराजित बन्न पुगेको छ।

नेपाली समयअनुसार मंगलबार बिहान सम्पन्न खेलमा तीनवटै गोल इटालीका खेलाडीले हानेका थिए। नेदरल्यान्ड्सविरुद्ध १० मिनेटमा आफ्नै गोल पोस्टमा रोमाग्नोलीले आत्मघाती गोल गरेपछि सुरु भएको खेलमा इटालीले तुरुन्त पुनरागमन गर्यो। इटालीका लागि ११ मिनेटमै इडेरले गोल फर्काए। ३२ मिनेटमा युभेन्ट्सका डिफेन्डर लियोनार्डो बोनुसीले अर्को गोल थपेपछि इटाली विजयी भयो।

गत साता विश्व कप छनोटअन्तर्गत बुल्गेरियासँग २–० ले पराजित भएपछि नेदरल्यान्ड्सले प्रमुख प्रशिक्षक ब्लिन्डलाई हटाएको थियो। उनको स्थानमा आयाक्सका पूर्व गोलरक्षक फ्रेड ग्रिम प्रशिक्षकको भूमिकामा देखिएका थिए।
इटालीले आफ्नो भेट्रान गोलरक्षक बुफोनको स्थानमा १८ वर्षीय जियानलुइगी डोनारुम्मालाई मौका दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *