भक्तपुर न्यूज

१६ चैत २०७३ ७:१९

एजेन्सी १६ चैत ।  विश्व कप छनोटअन्तर्गत दक्षिण अमेरिकी समूहतर्फको खेलमा पेरुले उरुग्वेलाई २–१ गोलले स्तब्ध पारेको छ।

अंक तालिकामा ब्राजिलपछि दोस्रो स्थानमा रहेको उरुग्वे आठौं स्थानमा रहेको पेरुसँग पराजित भएपछि तेस्रो स्थानमा झरेको छ। चौथो स्थानको चिलीसँग २३ अंकको बराबरी भएपनि गोल अग्रताका कारण उरुग्वे माथि परेको हो।

केही समय अगाडि सम्पन्न खेलमा कार्लोस सान्चेजको गोलमा ३० मिनेटमा भ्रमणकारी उरुग्वेले पहिलो गोलको अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन्। ३५ मिनेटमै पावलो गुइरेरोले गोल फर्काउदै पहिलो हाफको खेललाई १–१ को बराबरीमा पुर्याएका थिए। ६२ मिनेटमा इडिसन फ्लोरेसले अनमार्क रहेको अवस्थामा डिबक्स भित्रबाट स्तरीय गोल गरे।

विश्व कप छनोटमा सर्वाधिक ९ गोल गरिरहेका इडिन्सन काभानी र लुइस सुआरेजले खेललाई बराबरीमा फर्काउने थुप्रै प्रयास गरेका थिए। तर, त्यो सफल हुन सकेन्। उरुग्वेले ६४ मिनेटमा जोनाथन उरेटाभिस्काभालाई दुईवटा पहेँलो कार्डका कारण गुमाएको थियो। –


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *