यी हुन् ०७४ सालका सार्वजनिक विदा र पर्व
काठमाडौं, १४ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ वर्ष २०७४ का लागि वर्षभरिका सार्वजनिक विदाहरुको टुंगो लगाएको छ । मन्त्रिपरिषद अन्तरगतको सामाजिक समितिले पुरानै विदालाई निरन्तरता दिने निर्णय गरेको छ । विगतमा जस्तै ०७४ सालमा पनि पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिइएको छैन ।
तर, नानक जयन्ती, महावीर जयन्ती, क्रिसमस डे लगायतका धार्मिक दिनहरुमा विगतको विदालाई निरन्तरता दिइएको छ ।
सरकारले क्रिसमसका दिन इसाइ धर्मावलम्बीहरूका लागि मात्र विदा दिने निर्णय गरेको छ ।
अघिल्ला बर्षको क्यालेण्डरमा त्यो दिन सार्वजनिक विदा दिइएको थिएन । तर, गृहमन्त्रीले अन्तिम समयमा निर्णय गरेर सार्वजनिक विदा दिएका थिए ।
सरकारले लोकतन्त्र दिवस बैशाख ११ गतेका दिन पनि विदा नदिने निर्णय गरेको छ । जेठ १५ गते गणतन्त्र दिवसमा भने सार्वजनिक विदा दिइएको छ । राजनीतिक परिवर्तनलाई स्मरण गर्न फागुन ७ गते प्रजातन्त्र दिवसका दिन सार्वजनिक विदा प्रस्ताव छ ।
असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषद अन्तर्गतको सामाजिक समितिले गरेको छ ।
दिवस शीर्षकमा सरकारले विश्व मजदुर दिवसको अवसरमा बैशाख १८ गते सार्वजनिक विदा दिने भएको छ । यस्तै माघ १६ गते शहिद दिवस र फागुन २४ गते अन्र्तराष्ट्रिय महिला दिवसका अवसरमा सार्वजनिक विदा प्रस्ताव गरिएको छ ।
सरकारले बुद्ध जयन्तीको अवसरमा बैशाख २७ गते सार्वजनिक विदा दिएको छ । साउन ३० गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ भने चैत्र ११ गते रामनवमीमा पनि विदा दिने उल्लेख छ ।
यो बर्ष ५१ हप्ताका ५१ वटा शनिबार छन् । यसबाहेक चाडपर्व, विभिन्न दिवस गरी ३४ दिन सार्वजनिक विदा दिइएको छ ।
कुन कुन दिन सार्वजनिक बिदा छ त हेरौ :
बैशाख :
१) वैशाख १ – नयाँ बर्ष (शुक्रवार)
२) वैशाख १८ – विश्व मजदुर दिवस (सोमबार)
३) वैशाख २७– बुद्ध जयन्ती÷ उभौली पर्व (बुधवार)
जेष्ठ :
१) जेष्ठ १५ – गणतन्त्र दिवस (सोमवार)
श्रावण :
१) श्रावण १३– जनै पुर्णिमा, रक्षा बन्धन (शुक्रवार)
२) श्रावण २४ – गाईजात्रा (मंगलवार)
३) श्रावण ३० – श्री कृष्ण जन्माष्ठमी (सोमवार)
भाद्र :
१) भाद्र ८ – हरितालिका तीज (बिहिवार) (महिलाका लागि मात्र)
२) भाद्र १०– ऋषीपञ्चमी (शनिवार) (महिलाका लागि मात्र)
३) भाद्र १३ – गौरापर्व (मंगलवार)
४) भाद्र २८ – जितिया पर्व (बुधवार) (जितिया पर्व मनाउने कर्मचारीहरुको लागि मात्र)
५) इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रको दिन
६) भाद्र २०– ईन्द्रजात्रा (मंगलवार)
७) भाद्र २२ – निजामति सेवा दिवस (निजामती कर्मचारीहरुका लागि , बिहिवार)
असोज :
१) असोज ३ – संविधान दिवस (मंगलवार)
२) असोज ५ – घटस्थापना (बिहिवार)
३) असोज ११ देखि १६ गतेसम्म – फूलपाती देखि द्वादशीसम्म ( बुधवार देखि सोमवार)
४) असोज १९ – कोजाग्रत पुर्णिमा (बिहिवार)
कार्तिक :
१) कार्तिक २– लक्ष्मी पुजा (बिहिवार)
२) कार्तिक ३ – गोबर्धन पुजा (शुक्रवार)
३) कार्तिक ४ – भाईटिका (शनिवार)
४) कार्तिक ९ – छठपर्व (बिहिवार)
५) इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको दिन
६) कार्तिक १८ – गुरु नानक जयन्ती (शनिवार , सिख धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागि)
७) कार्तिक २५ – फल्गुनानन्द जयन्ती (शनिवार किरात धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागि)
मङ्सिर :
१) मंङसिर १७ – उधौली पर्व÷ योमरी पुन्ही ÷ज्यापू दिवस (आइतवार)
२) मंङसिर १७ – अन्तराष्ट्रिय अपाङ्ग दिवस (आइतवार , अपाङ्ग कर्मचारीहरुका लागि मात्र)
पौष :
१) पौष १०– इशाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे (सोमवार)
२) पौष १५– तमु ल्होसार (शनिवार)
३) पौष २७– पृथ्वी जयन्ती (बिहिवार)
माघ :
१) माघ – माघी पर्व (सोमवार)
२) माघ ४– सोनाम ल्होछार (बिहिवार)
३) माघ ८ –बसन्तपञ्चमी (सोमवार)
४) माघ १६ – शहीद दिवस (मंगलवार)
फाल्गुण :
१) फाल्गुन २ – महाशिवरात्री (बुधवार)
२) फाल्गुन ४ – ग्याल्बो ल्होसार (शुक्रवार)
३) फाल्गुन ७ – राष्ट्रिय प्रजातन्त्र दिवस (सोमवार)
४) फाल्गुण १७ गते र १८ गते – होली (१७ गते पहाडमा र १८ गते तराईमा) (बिहिवार र शुक्रवार)
५) फाल्गुण २४ – अन्तराष्ट्रिय महिला दिवस (बिहिवार)
चैत्र :
१) चैत ३– घोडेजात्रा (शनिवार)
२) चैत्र ११ – रामनवमी (आइतवार)
३) चैत्र १५– महावीर जयन्ती (बिहिवार, जैन धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागि)