भक्तपुर गुठी संस्थानका सूचना अधिकृत ५० हजार घुस सहित अख्तियारको फन्दामा

भक्तपुर न्यूज

१३ चैत २०७३ १०:२७

भक्तपुर गुठी संस्थानका सूचना अधिकृत ५० हजार घुस सहित अख्तियारको फन्दामा

भक्तपुर, १३ चैत । भक्तपुर गुठी संस्थानमा अख्तियारको छापामा सहायक प्रशासक एवं सूचना अधिकारी छत्र बहादुर पौडेल ५० हजार नगद घुस सहित नियन्त्रणमा परेका छन् ।

साबिक बागेश्वरी गा. बि. स. ४ हाल चाँगु नगरपालिका ७ मा उमानाथ तिमील्सेनाको नाममा रहेको ३ रोपनी गुठीको जग्गा छोराहरुको नाममा जोत नामसारी गर्ने क्रममा पौडेलले ५० हजार घुस लिँदा लिँदै कार्यालयमै अख्तियारको फन्दामा परेका हुन् ।


एक हप्ता अघि अख्तियारमा उजुरी परेपछि उनलाई अख्तियारका कर्मचारीले निगरानीमा राखेको र आज बिहानै देखि उनमाथि निगरानि बढाए पछि झन्डै दिउँसो २ बजे पौडेलले नगद पचास हजार लिँदै गर्दा अख्तियारको फन्दामा परेका हुन् ।
३०६ नं कित्ता रहेको उक्त जग्गा जोत नाम सारी गर्न पैसा नलाग्ने भएता पनि पहिला पाँच हजार दिँदा समेत पौडेलले आफू पाँच हजार खाने मान्छे नभएको भन्दै सेवा ग्राहीलाई थर्काए पश्चात उनीहरु अख्तियारमा पुगेको र पचास हजारमा माने पछि उनलाई अख्तियारले उपलब्ध गराएको पैंसा सहित नियन्त्रण लिएको हो ।


आफ्नो कार्यकक्षमा पौडेलले पचास हजार घुस लिएता पनि उक्त रकम कार्यालय प्रमुखको दराज माथि रहेको कागजले छोपी रहेको अवस्थामा भेटिएको थिए । पौडेलले उक्त रकममा आफूले नलिएको दाबी गरे पश्चात उनलाई रेड हेण्ड टेष्ट गरि उनैले लिएको अख्तियारले प्रमाण सहित उनलाई नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *