कंगोमा ४० सुरक्षाकर्मीको शीर छेदन गरी हत्या
एजेन्सी, १३ चैत । कंगोको कसाईमा प्रहरीलाई धरापमा पारी हत्या गरेको छ । बिबिसीका अनुसार विद्रोही समूह कामविना नासापुले ४० जना सुरक्षाकर्मीको शीर छेदन गरी हत्या गरेको हो ।
प्रहरीको बन्दोबस्तीको सामान बोकेको गाडीलाई धरापमा पार्न सफल भएको बिद्रोहीको समुहले गाडीमा रहेका ४६ जना प्रहरीमध्ये ६ जनालाई भने मुक्त गरेको बिबिसीले जनाएको छ ।
गत अगष्टमा विद्रोही समूह कामबिना नासापुका नेता मारिएपछी आक्रोशित बनेको सो समूहले सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण जारी राखेको छ । विद्रोही नेता मारिएपछि मात्रै कसाईमा मात्रै ४ सय मानिस मारिएका छन् । द्वन्द्वकै कारण त्यहाँबाट करिब २ लाख मानिस बिस्थापित भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००