विस्फोटक पदार्थसहित दर्जनौँ हातहतियार फेला
काठमाडौ १२ चैत । उत्तरी साल्पासिलिछो गाउँपालिका–५ दोभानेको मार्तेलमा दर्जनौँ हातहतियार र विस्फोटक पदार्थ फेला पारेको छ। टुइन्च मोटार, टियर ग्यास, भेरी लाइट, सकेट बम, कटुवा पेस्तोल, ग्रिनेट, एसएलआरको गोलीलगायत विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
स्थानीयवासी आङगेलु शेर्पाको पुरानो घरमा भतिजा काजीले सरसफाइ गर्ने क्रममा बाकसमा हातहतियार फेला पारेपछि प्रहरीलाई जानकारी गराउनुभएको थियो। फेला पारिएका हातहतियार प्रहरी चौकी दोभानेको सुरक्षामा राखिएको छ। नेपाली सेनाको पूर्वी पृतना इटहरीबाट डिस्पोजल टोली घटनास्थलमा खटिएको जनाइएको छ। ती हतियार द्वन्द्वकालमा राखिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५