नयाँ भारतीय राजदूत काठमाडौंमा
काठमाडौं १२ चैत । नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिभ सिंह काठमाडौं आइपुगेका छन्। शनिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दुतावासले जानकारी दिएको छ।
सोमबार नै राजदूत सिंहले राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको छ । राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व मानिन्छन्। निवर्तमान राजदूत रणजित रे कार्यकाल पुरा गरी दिल्ली फर्किए पछि काठमाडौको भारतीय दुतावास उपप्रमुख विनय कुमारले सम्हाल्दै आएका थिए। आज काठमाडौँ ओर्लिएका राजदूतलाई भारतीय दुतावासका कर्मचारीले बिमानस्थलमा पुगी स्वागत गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५