भिक्षुणीहरुको साथबाट २ लाख ८६ हजार अमेरिकी डलर बरामद

भक्तपुर न्यूज

११ चैत २०७३ १०:५४

भिक्षुणीहरुको साथबाट २ लाख ८६ हजार अमेरिकी डलर बरामद

काठमाडौं  ११ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा अमेरिकी डलर बरामद गरेको छ । थाइ एयरबाट थाइल्याण्ड जान लागेका चार जना भिक्षुणीहरुको साथबाट २ लाख ८६ हजार अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ ।

विमानस्थलका डीआइजी पंकज श्रेष्ठका अनुसार काठमाडौंबाट थाइल्याण्ड जान लागेका ४ जना भिक्षुणीहरुको झोलामा संकास्पद देखिएपछि चेक गर्दा डलर र २ लाख ६८ हजार भारतीय मुद्रा भेटिएको हो ।

‘नेपालबाट यति ठूलो परिमाणमा डलर लैजान पाइँदैन, कहाँबाट डलर ल्याए भन्ने अनुसन्धान हुँदै छ ।’ डीआइजी श्रेष्ठले भने । आफुहरुले विद्यालय बनाउन संकलन गरेको डलर लैजान लागेको आरोपीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *