चिनियाँ क्लबमा खेल्ने पाउलिन्होको ह्याट्रिक गोल, ब्राजिल ४–१ ले विजयी

भक्तपुर न्यूज

११ चैत २०७३ ६:०३

चिनियाँ क्लबमा खेल्ने पाउलिन्होको ह्याट्रिक गोल, ब्राजिल ४–१ ले विजयी

एजेन्सी ११ चैत । इङ्ल्यान्डको टोटेनहाम क्लब छोडेर दुई वर्षअघि चीनको ग्वान्झाओ इभरग्रान्डेमा अनुबन्धित भएका २८ वर्षीय मिडफिल्डर पाउलिन्होको ह्याट्रिक गोलको सहयोगले ब्राजिलले विश्व कप छनोटअन्तर्गत उरुग्वेलाई उसैको घरमा ४–१ गोलले पराजित गरेको छ।

यो नतिजा उरुग्वेको यसपालिको छनोटमा अहिलेसम्मकै खराब हो।  शुक्रबार बिहान भर्खरै सम्पन्न दक्षिण अमेरिकी क्षेत्रको छनोट खेलमा शीर्ष स्थानमा रहेको ब्राजिलले दोस्रो स्थानमा रहेको उरुग्वेलाई पराजित गरेको हो। जितसँगै ब्राजिल १३ खेलमा ३० अंक बटुल्न सफल भएको छ।

उरुग्वेको भने यसपालिको विश्व कप छनोटमा घर भित्र पहिलो पराजय हो। उरुग्वेको पराजयमा पाउलिन्हो भिलेन सावित भए। उनले १८, ५१ र ९० मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।

अर्को गोल कप्तान नेइमारले ७४ मिनेटमा गरेका थिए। उरुग्वेले एडिन्सन काभानीको गोलमा ९ मिनेटमा पेनाल्टीमार्फत अग्रता बनाए पनि यसलाई कायम राख्न सकेन्।  यसअघि उरुग्वेले ब्राजिललाई उसैको मैदानमा २–२ गोलको बराबरीमा रोकेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *