बेलायतमा भएको आतंककारी हमलाको नेपाल सरकारद्वारा भत्सर्ना

भक्तपुर न्यूज

१० चैत २०७३ ८:३९

बेलायतमा भएको आतंककारी हमलाको नेपाल सरकारद्वारा भत्सर्ना

काठमाडौं १० चैत । परराष्ट्र मन्त्री डा.प्रकाश शरण महतले बेलायतको राजधानी सहर लन्डनस्थित संसद भवन अगाडि हिजो भएको आतङ्ककारी हमलाको निन्दा एवम् भत्र्सना गरेका छन्। मन्त्री डा.महतले बिहिबार नेपाल सरकारका तर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई शोक सन्देश पठाई सो घटनाको निन्दा गरेका हुन्।

उक्त सन्देशमा परराष्ट्र मन्त्री डा.महतले सो आतङ्ककारी घटनामा परी ज्यान गुमाउने नागरिकप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक श्रद्धान्जली अर्पणगर्दै निजहरुका आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन्। उनले उक्त घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्। साथै मन्त्री डा.महतले नेपाली जनता र नेपाल सरकार यस आतङ्ककारी घटनाका विरुद्धमा र बेलायती सरकार र बेलायती नागरिकका पक्षमा दृढतापूर्वक उभिएको पनि सो सन्देशमा उल्लेख गरेका छन्।

उनले सो सन्देशमा नेपाल कुनै पनि प्रकारका आतङ्ककारी क्रियाकलापको सधैं विरुद्धमा रहेको र यस्ता कार्यको सदा भत्र्सना गर्ने पनि बताए। बेलायतको राजधानी लन्डनसहरस्थित बेलायतको संसद भवन अगाडि हिजो भएको सो आतङ्ककारी हमलामा परी पाँच जनाको ज्यान जानुको साथै थप ४० जना घाइते भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *