चैत १५ देखि मुग्लिन– नारायणगढ सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने
काठमाडौ ८ चैत । निर्माण कार्यलाई कारण देखाउदै मुग्लिन– नारायणगढ सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने जनाएको छ । आगामी चैत १५ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द हुने आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।
हाल दैनिक साढे ४ घण्टा आवागमन रोकेर काम गर्दै आएकोमा अब बिहान १० देखि अपरान्न ४ बजेसम्म सडक बन्द हुने नारायणगढ–मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ । वैकल्पिक सडक प्रयोग गर्न मिल्ने सवारी सोही अनुसार र नमिल्ने सवारी साधनले लेन अनुशासन कायम राखी ट्राफिक प्रहरी र कर्मचारीको निर्देशन पालना गरी सञ्चालन गर्न आग्रह गरिएको छ । हाल उक्त सडकखण्ड मर्मतका लागि भन्दै बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरि निर्माण कार्य गरिँदै आएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४